Section 24
मुद्दाको तहकिकात र दायरी
: (१) यस ऐन बमोजिम सजाय हुने कुनै कसूर भए गरेको सम्बन्धमा दफा २३ बमोजिम उजुरी प्राप्त भएमा वा सो विषयमा अन्य कुनै माध्यमबाट आपूmलाई जानकारी  हुन आएमा बजार संरक्षण अधिकृतले सो मुद्दाको अनुसन्धान तथा तहकिकात गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम सजाय हुने कुनै कसूर भए गरेको सम्बन्धमा दफा २३ बमोजिम बोर्डमा उजुरी परेकोमा बोर्डले त्यस्तो उजुरी आवश्यक कारबाहीको लागि कुनै बजार संरक्षण अधिकृत समक्ष पठाउन वा त्यस्तो उजुरी उपर  उपसमिति गठन गरी आपैmले अनुसन्धान तथा तहकिकात गराउन सक्नेछ ।
(३) दफा २३ बमोजिम उजुरी दिने व्यक्तिले कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा थप प्रमाण वा जानकारी दिएमा अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीले त्यस्तो प्रमाण वा जानकारीलाई समेत विचार गरी अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम उपसमितिबाट कुनै मुद्दाको अनुसन्धान तथा तहकिकात भएकोमा त्यस्तो मुद्दाको अनुसन्धान तथा तहकिकातको काम समाप्त भएपछि अदालतमा मुद्दा दायर गर्न बोर्डले कुनै बजार संरक्षण अधिकृतलाई आदेश दिनेछ ।
(५) उपदफा (१) बमोजिम मुद्दाको अनुसन्धान तथा तहकिकातको काम समाप्त भएको वा उपदफा (४) बमोजिम बोर्डबाट मुद्दा दायर गर्न आदेश पाएको मितिले पैंतीस दिनभित्र बजार संरक्षण अधिकृतले अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम मुद्दा दायर गर्दा बजार संरक्षण अधिकृतले सरकारी वकीलको राय लिनु पर्नेछ ।
(७) उपदफा (५) बमोजिम अदालत समक्ष दायर भएको मुद्दाको बहस पैरवी तथा प्रतिरक्षा सरकारी वकीलबाट हुनेछ ।